images
images

नक्कली फेसबुक आईडी बनाएर काभ्रेकी युवतीलाई अश्लिल म्यासेज पठाएको आरोपमा एक युवक पक्राउ

  • १४ बैशाख २०८१, शुक्रबार ०९:००

काभ्रेपलाञ्चोक । नक्कली फेसबुक आईडी बनाएर काभ्रेपलाञ्चोककी युवतीलाई अश्लिल म्यासेज पठाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको दशरथ नगरपालिका–३ घर भई हाल काठमाडौँमा बस्दै आएका दिपेन्द्र नाथलाई प्रहरीले पक्राउ गरेको हो । काभ्रेको धुलिखेल नगरपालिका–३ की २० वर्षीया विवाहित एक युवतीलाई सामाजिक सञ्जालमार्फत तनाव दिएको आरोपमा ती युवक पक्राउ परेका हुन् । उनले निर्माण तामाङ नाम गरेको नक्कली फेसबुक आईडी बनाएर विभिन्न किसिमको अश्लिल शब्द तथा अपशब्द लेखी बैँक खाता नम्बर दिएर युवतीसँग रकमसमेत मागी गालीगलौज, धाक धम्कीसमेत दिएर मानसिक तनाव दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको काभ्रेपलाञ्चोकका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नाथमाथि कानुन बमोजिम ईलेक्ट्रोनिक कारोबार ऐन २०६३ बमोजिम कारबाहीको लागि अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको छ ।