images
images

शिक्षक र सरकाबिचको वार्ता सकियो, सहमति भएन

  • १३ बैशाख २०८२, शनिबार १०:०४

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुबीचको वार्ता ठोस सहमती बिना टुंगिएका छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको उपस्थितिमा आज बिहान बसेको बैठक निष्कर्ष विहिन बनेको हो । वार्तामा शिक्षक महासंघले आफ्ना मागहरु मन्त्री पन्त समक्ष राखेका थिए । शिक्षकहरु आफ्नो अडानबाट पछि नहट्ने बताएपछि ठोस सहमति हुन नसकेको बताइएको छ ।

यद्धपी, छलफल र सम्वादलाई निरन्तरता दिने नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । तर आफूहरूको आन्दोलन जारी रहने उहाँको भनाई छ ।