images
images

एन्फाका पदाधिकारीलाई विदेश जान रोक, अध्यक्षसहित २४ जनाको पासपोर्ट कालोसूचीमा

भक्तपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा राख्दै विदेश जान रोक लगाएको छ ।

अध्यागमन विभागका अनुसार एन्फाका २४ जनाको पासपोर्ट कालोसूचीमा राखिएको हो । आर्थिक विषयको छानबिनका लागि सबै पदाधिकारीलाई विदेश जान रोक लगाइएको छ । राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो ।

सोही समितिले आर्थिक विषयमा छानविन गर्न भन्दै नेम्बाङसहितका पदाधिकारीको पासपोर्ट कालोसूचीमा राख्न पत्राचार गरेको खेलकुद परिषद स्रोतको भनाइ छ। उक्त पत्र युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेको थियो। त्यसपछि गृह मन्त्रालयबाट अध्यागमन पत्र पुगेपछि एन्फाका पदाधिकारीहरुको पासपोर्ट कालोसूचीमा राखिएको हो।

एन्फा राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेको परिसकेको छ । अर्ली इलेक्सन विवादका कारण एन्फालाई राखेपले चैत ११ मा तीन महिनाका लागि निलम्बन गरेको थियो ।