images
images

सिन्धुपाल्चोकमा एम्बुलेन्स पल्टिएर किच्दा एक वृद्धाको मृत्यु

  • १२ जेष्ठ २०७९, बिहीबार ०७:४०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको २ किलोमा एम्बुलेन्स पल्टिएर घरमाथि खस्दा एक वृद्धाको मृत्यु भएको छ ।

लामोसाँघु जिरी सडक खण्डको सिन्धुपाल्चोकको २ किलो नजिकै एम्बुलेन्ट पल्टिएर घरमाथि खस्दा सुनकोशी गाउँपालिका वडा नम्बर ७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको हो । एम्बुलेन्स पल्टिएर सडक छेउको घरमा खस्दा एम्बुलेन्सले किचेर उनको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । खाडिचौर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालनमा ल्याएको बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।