
दोलखा । माओवादी केन्द्रका युवा नेता भरत रोहन श्रेष्ठ जिल्ला युवा परिषद् दोलखाको अध्यक्षमा नियुक्त भएका छन् ।
बागमती प्रदेश सरकारको मन्त्री स्तरीय निर्णयबाट श्रेष्ठ जिल्ला युवा परिषद् दोलखाको अध्यक्ष पदमा नियुक्त भएका हुन् । वैतेश्वर गाउँपालिका वडा नम्बर ८ घर भएका श्रेष्ठ लामो समयदेखि माओवादी केन्द्रमा आवद्ध छन् । उनी योङ कम्युनिष्ट लिग (वाईसियल) बागमती प्रदेश कमिटि सदस्य समेत हुन् ।