images
images

रामेछापको लिखु २ जलविद्युत आयोजनामा सुरुङको पानी चुहिँदा ४० वटा घर जोखिममा

  • १२ जेष्ठ २०८०, शुक्रबार १६:१४

रामेछाप । रामेछापको लिखु २ जलविद्युत आयोजनामा सुरुङको पानी चुहिएपछि ४० वटा घर जोखिममा परेका छन् ।

रामेछापको उमाकुण्ड गाउँपालिका लिखुखोला २ जलविद्युत आयोजनामा सुरुङमार्गबाट पानी चुहिएर बस्तीमा पसेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाको ४० वटा घर जोखिममा परेका हुन् । यसअघि पानी नभएको स्थानमा एक्कासी पानी आउन थालेपछि स्थानीयवासी त्रसित बनेका थिए । स्थानीयवासीले घटनाको विषयमा स्थलगत अनुसन्धान गरी आवश्यक कारबाहीको माग समेत गरेका छन् । सो स्थानका सबैले अन्यत्र बसोबासको प्रबन्ध नगराएसम्म आयोजनाको काम अघि बढाउन नदिने अडान राख्दै आयोजनाको उत्पादन गृहमा तालाबन्दी गरेका छन् । आयोजनाले पानी सुरुङबाट चुहिएको नभएर मुल फुटेको जनाउँदै बस्ती अर्को स्थानमा सार्ने काम गर्न नसकिने बताएको छ ।