images
images

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिकोमा पठाएको फाइल फिर्ता

  • १२ जेष्ठ २०८०, शुक्रबार १७:२७

काठमाडौँ । टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई आममाफीका लागि पठाइएको फाइल राष्ट्रपतिको कार्यालयले गृह मन्त्रालयमा फिर्ता गरेको छ ।

सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई राष्ट्रपति पौडेलले आज आममाफीका लागि सरकारले पठाएको फाइल गृह मन्त्रालयमा फिर्ता गर्नुभएको हो । कानुन नपुगेको देखिएकाले गृह मन्त्रालयमा फाइल फिर्ता गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । चौधरीको आममाफीका सम्बन्धी प्रचलित कानुन, सर्वाेच्च अदालतको फैसला, सर्वाेच्चद्धारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको बताइएकोे छ । यसैबीच टिकापुरमा हत्या भएका प्रहरी निरीक्षक इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा पठाएको हो ।