images
images

दोलखामा भोली बृहत शैक्षिक सम्मेलन हुँदै

  • १२ जेष्ठ २०८०, शुक्रबार १९:४३

दोलखा । दोलखामा पहिलो पटक बृहत शैक्षिक सम्मेलन हुने भएको छ ।

दोलखा सदरमुकाम चरिकोटमा भोली बृहत शैक्षिक सम्मेलन हुन लागेको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठन दोलखाको आयोजनामा हुन लागेको सम्मेलनको पूर्ब शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा समाजवादी शिक्षाका अध्येता लेखनाथ न्यौपानेले समाजवाद उन्मुख शिक्षाको मोडल र गन्तव्यको समग्र खाका तथा सामुदायिक विद्यालय शिक्षा सुधारका विषयमा शिक्षाविद राजकुमार बरालको कार्यपत्र पेश हुनेछ । यस्तै, शैक्षिक सम्मेलनमा देश भित्रका अब्बल सामुदायिक विद्यालय डहु मावि रामेछाप र नारायणी मावि चितवनको असल अभ्यास प्रस्तुति हुने एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि, प्र्रधानाध्यापक, शिक्षाप्रेमी, शिक्षक, बिद्यार्थी लगायत सरोकारवाला पक्षको सहभागिता रहनेछ । सम्मेलनमा नव नियुक्त शिक्षकहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।