images
images

बागमतीको नीति तथा कार्यक्रम भोली सार्वजनिक हुने, कृृषि तथा शिक्षा क्षेत्र प्राथमिकतामा

  • १३ जेष्ठ २०८१, आईतवार १४:१६

हेटौँडा । बागमती प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम भोली सार्वजनिक हुने भएको छ ।

प्रदेश सरकारले कृषि, पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १४ गते सार्वजनिक गर्न लागेको हो । प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डका रुपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले जनाएको छ । प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र उत्पादकत्व बृद्धिमा केन्द्रित रहनेछ । उत्पादन बृद्धि र रोजगारी सिर्जना र आर्थिक समृद्धिका विकासका योजनाहरु नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश हुने प्रदेश सरकारले जनाएको छ ।

शिक्षा क्षेत्रको विकासका लागि प्रदेशमा सार्वजनिक विश्व विद्यालय स्थापना गरेर अघि बढ्ने प्रदेश सरकारको योजना रहेको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय मर्जर गरी प्राबिधिक शिक्षामा जोड दिने सरकारको योजना गरेको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम भोली ३ बजे प्रदेश प्रमुख यादव चन्द्र शर्माले सार्वजनिक गर्नुहुने भएको हो ।