images
images

कालिञ्चोक दर्शनको सेयर मूल्य सर्वाधिक वृद्धि

  • १३ जेष्ठ २०८१, आईतवार १५:३०

दोलखा । दोलखाको कालिञ्चोक दर्शन लिमिटेडको सेयर मुल्य सर्वाधिक वृद्धि भएको छ ।

कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको हो । सेयर मुल्य बढेसँगै कम्पनीको शेयर प्रतिकित्ता एक हजार २७ रुपैयाँ ४० पैसा कायम भएको छ । कालिञ्चोक दर्शन लिमिटेडको शेयर मुल्य एकैदिन प्रतिकित्ता ९३ रुपैयाँले बढेको हो ।

यसैबीच, धितोपत्र बजार दोस्रो मापक नेप्से परिसुचक आज घटेर वन्द भएको छ । नेप्से २ दशमलव १४ अंकले घटेर २१ दशमलव ०९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । चार अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका मध्य २९ कम्पनीको सेयर मुल्य बढेको छ भने २ सय १५ कम्पनीको सेयर मुल्य घटेको छ । तीन कम्पनीको सेयर मुल्य स्थिर रहेको छ ।