काठमाडौँ । सहकारी ठगीविरुद्ध संसदीय छानविन समितिको माग गर्दै संसदमा अवरोध जारी राखेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सडकमा उत्रिएको छ ।
कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौँको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेको हो । सहकारी ठगीमा गृहमन्त्री रवी लामिछाने संलग्न रहेको दावी गर्दै संसदमा अवरोध गर्दै आएको कांग्रेस आजबाट सडकमा उत्रिएको हो । सरकार संसदमा कांग्रेसको नाराबाजीका बीच पेलेर अघि बढ्न खोजेपछि सडकमा उत्रिएको कांग्रेस नेताहरुले बताएका छन । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको बचत फिर्ता लगाएतका विभिन्न माग राखेर कांग्रेसले प्रदर्शन गरेको छ । प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखक लगाएतका नेताहरु सहभागि छन् ।
हेर्नुहोस् तस्वीरमाः