images
images

प्रेस युनियनको स्थापना दिवसमा पशुपति चौंलागाई स्मृति अस्पतालका बिरामीलाई फलफुल वितरण

  • १३ जेष्ठ २०८१, आईतवार १६:५४

दोलखा । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा दोलखामा बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

प्रेस युनियन दोलखाले स्थापना दिवसको अवसर पारेर चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गरेको हो । प्रेस युनियन दोलखाले आयोजना गरेको कार्यक्रममा अस्पताल भर्ना भएका बिरामीहरुलाई नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपसंकर चौंलागाई, पत्रकार महासंघ बागमती प्रदेश समितिका सदस्य स्यामप्रसाद खतिवडा, पत्रकार महासंघ दोलखा शाखाका सदस्य गोकर्ण भण्डारी, प्रेस युनियन दोलखाका अध्यक्ष सुजन काफ्ले लगायतले बिरामीहरुलाई फलफुल वितरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, पशुपति चौंलागाई स्मृति अस्पतालका अध्यक्ष भरत प्रधान, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ज्ञानेश्वर श्रेष्ठ, प्रेस चौतारीका जिल्ला अध्यक्ष प्रभु जिरेल लगायतका पत्रकारहरुको उपस्थिती थियो ।