images
images

बर्षाका कारण दोलखाका अधिकाँश ग्रामिण सडक अवरुद्ध, यातायात संचालनमा कठिनाई

  • १२ असार २०७९, आईतवार ०९:३७

दोलखा । मनसुन सुरु भएसँगै दोलखाका ग्रामिण क्षेत्रमा जाने अधिकांश सडकहरु अवरुद्ध हुन थालेका छन् ।

वर्षाका कारण सडक हिलाम्मे भएपछि ग्रामिण क्षेत्र जाने सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएको हो । सडक अवरुद्ध भएसँगै कतिपय स्थानमा दैनिक उपभोग्य सामाग्री आयात गर्न समेत कठिनाई हुन थालेको छ । दोलखामा हिउँदभर सुचारु हुने ग्रामिण सडक वर्षा लागेपछि विभिन्न स्थानमा झरेको पहिरोका कारण अवरुद्ध हुने गरेका छन् । लगातारको वर्षासँगै सडकमा खसेको पहिरो र खोलामा आएको भलबाढीले सडक बगाउँदा अधिकाशं शाखा सडकहरु अवरुद्ध हुन थालेका छन् । वर्षातका कारण कच्ची सडकहरु ठाउँ–ठाउँमा भत्किनुका साथै हिलाम्य भएपछि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

लगातारको वर्षाका कारण खसेको पहिरोले शैलुङको मागादेउली हुँदै सदरमुकाम चरिकोटसम्म जोडिने सडक अवरुद्ध भएको छ भने भीमेश्वर नगरपालिका वडा नम्बर ९ सुर्के सेरा हुदै राजधानीसम्म जोडिने सडक पनि अवरुद्ध बनेकोे छ । यस्तै जिल्लाको उत्तरी क्षेत्र विगु गाउँपालिकाको विगु गुम्बा देखि चरिकोट जोडिने सडक वर्षाका कारण आएको भल र सडक खोलाले तानेका कारण अवरुद्ध भएको छ । सो स्थानको धार्केबोटसम्म मात्रै यातायात सेवा सञ्चालनमा रहेको छ । बर्षाका कारण जिरी नगरपालिकाको जिरी–माली–स्यामा सडकमा पनि यातायातका साधन चल्न सकेका छैनन् । गौरीशंकर गाउँपालिकाको चंखु, मार्वु, खारे लगायतका क्षेत्रको ग्रामिण सडक पनि अवरुद्ध भएको छ ।

मनसुन सुरु भएसँगै दोलखाका ग्रामिण क्षेत्रमा जाने अधिकांश सडकहरु अवरुद्ध हुन थालेका छन् । वर्षाका कारण सडक हिलाम्मे भएपछि ग्रामिण क्षेत्र जाने सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएको हो । वर्षातका कारण कच्ची सडकहरु ठाउँ–ठाउँमा भत्किनुका साथै हिलाम्य भएपछि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । विशेषगरी जिल्लाको मेलुुङ, शैलुङ, विगु र गौरीशंकर गाउँपालिकाका अधिकाँश ग्रामिण सडक वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध हुने गरेका छन् ।

विशेषगरी जिल्लाको मेलुुङ, शैलुङ, विगु र गौरीशंकर गाउँपालिकाका अधिकाँश ग्रामिण सडक वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध हुने गरेका छन् । शैलुङ गाउँपालिकाबाट राजधानी काठमाडौंमा सिधा यातायात सञ्चालन हुने मुडे–शैलुङ सडक खण्ड लगातारको वर्षाका कारण अहिले हिलाम्मे बनेको छ । यसका साथै शैलुङका अन्य कच्ची सडकमा पनि यातायात सञ्चालमा अहसज भएको छ । नागरिकको समस्यालाई मध्यनजर गर्दै पालिकाले सडकमा खसेको पहिरो तत्काल पन्छाउने व्यवस्था मिलाएको शैलुङ गाउँपालिका अधयक्ष रिमालबाबु श्रेष्ठले बताउनुभयो । शैलुङका अधिकांश सडक कालोपत्रे नभएका कारण बर्षामा हिलाम्मे र हिउँदामा धुलाम्मे सडकमा यात्रा गर्नु पर्ने बाध्यता छ । लगातारको वर्षाका कारण विगु गाउँपालिकाका पनि अधिकाशं कच्ची सडकहरु अवरुद्ध बन्न थालेको छ । सडकमा खसेको सानोतिनो पहिरो तत्काल पन्छाएर सडक सुचारु गराउने गरी व्यवस्था मिलाइएको विगु गाउँपालिकाकाकी उपाध्यक्ष देविका थामीले बताउनुभयो ।

यो वर्षको मनसुन गत जेठ २२ गतेदेखि नेपालमा भित्रिएको थियो । त्यसयता लगातार भइरहेको वर्षाका कारण दोलखाका ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध भएका हुन् । एउटै सडकका नाममा वर्षेनी करोडौँ बजेट विनियोजन गरिए पनि स्तरिय सडक निर्माण नहुनु, वर्षोनी नयाँ ट्रयाक खोल्नु, सडकमा झरेको पहिरो तत्काल पन्छाउने वातावरण नबनाउनु लगायतका कारण दोलखाका नागरिकले सास्ती व्यहोर्नु परेको छ ।