images
images

विगु र शैलुङ गाउँपालिकाको बजेटः गाउँसभामा प्रस्तुत भएपनि अनुमोदन हुन बाँकी

  • १२ असार २०७९, आईतवार १८:२३

दोलखा । दोलखाका ९ स्थानिय तह मध्ये दुई स्थानिय तहको आगामी आर्थिक वर्षको बजेट पारित हुन बाँकी रहेको छ ।

जिल्लाको विगु गाउँपालिका र शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट गाउँ सभामा प्रस्तुत गरेपनि अनुमोदन हुन बाँकी रहेको हो । जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकाले असार १० गते बजेट प्रस्तुत गरेर अनुमोदन समेत भईसकेको छ । तर, शैलुङ र विगु गाउँपालिकाले गाउँ सभामा बजेट प्रस्तुत गरेपनि प्रस्तावित बजेट छलफलका क्रममा रहेका कारण पारित हुन बाँकी रहेको हो । बिगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीले गाउँपालिकाले निर्धारित समय अर्थात असार १० गते नैं गाउँ सभामा बजेट प्रस्तुत गरिसकेको र तोकिएको विधि वमोजिम बजेट बाँडफाँडकालागि छलफल जारी रहेको बताउनुभयो । संघीय सरकार र प्रदेश सरकारवाट राजस्व बाँडफाँड वापत आउने रकमवाट संचालन हुने योजनाको यकिन गरी बजेट टुँगो लगाउन बाँकी रहेको तथा सिस्टम अनुसार बजेट बाँडफाँड हुने क्रममा रहेकाले अवको केही दिनमा प्रस्तावित बजेट पारित हुने उहाँको भनाई छ ।

विगु गाउँपालिकाकी उपाध्यक्ष देवीका थामीले पनि बजेटको अन्तिम टुँगो लगाउन छलफल चलिरहेको र सहमति जुट्ना साथ प्रस्तावित बजेट अनुमोदन भएर कार्यान्वयनको चरणमा जाने प्रतिक्रिया दिनुभयो । विगुले आगामी आर्थिक वर्ष ३३ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । कृषि, पशुपालन, पूर्वाधार निर्माण लगायत सबै क्षेत्रलाई समेटेर बजेट ल्याउने तयारी गरिएको उपाध्यक्ष थामीले बताउनुभयो ।

दोलखाका ९ स्थानिय तह मध्ये दुई स्थानिय तहको आगामी आर्थिक वर्षको बजेट पारित हुन बाँकी रहेको छ । जिल्लाको विगु गाउँपालिका र शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट गाउँ सभामा प्रस्तुत गरेपनि अनुमोदन हुन बाँकी रहेको हो । जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकाले असार १० गते बजेट प्रस्तुत गरेर अनुमोदन समेत भईसकेको छ । जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकाले असार १० गते बजेट प्रस्तुत गरेर अनुमोदन समेत भईसकेको छ ।

शैलुङ गाउँपालिकाले पनि आगामी आर्थिक वर्षकालागि गाउँसभामा पेश गरेको बजेट पास हुन बाँकी रहेको छ । बजेट गाउँसभामा पेश भएको र छलफल भइरहेको शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले १० गते नै गाउँसभामा बजेट पेश गरेको थियो । शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा शिक्षा, स्वास्थ्य र पुर्वाधार क्षेत्रलाई विशेष प्राथमिकता दिँदै ६० करोड २ लाख १० हजारको बजेट ल्याउने तयारी गरेको छ ।

नियमानुसार स्थानिय सरकारले असार १० गतेसम्म गाउँ तथा नगरसभामा बजेट प्रस्तुत गर्ने र असार २५ गतेसम्म प्रस्तावित बजेट उपर छलफल हुने व्यवस्था छ । कार्यपालिकाबाट बजेट पारित गरिसकेपछि सभामा छलफल र बजेट पारित गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार जिल्लाका ७ स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेर सो बजेट पास भईसके पनि बिगु र शैलुङ गाउँपालिकाको बजेट भने पास हुन बाँकी रहेको हो ।