images
images

मेलुङमा पोखरीमा डुबेर ७ वर्षीय बालकको मृत्यु

  • १३ असार २०८१, बुधबार ०६:४४

दोलखा । दोलखाको मेलुङ गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मेलुङ गाउँपालिका–१ पवटीका अन्दाजी ३१ वर्षीय रमेश तामाङका ७ वर्षीय छोरा जेनिश तामाङको पोखरीमा डुबेर हिजो साँझ मृत्यु भएको हो । हिजो दिउँसो घर नजिकैको ५ फिट गहिरो पोखरी आसपास दाजुभाई खेलिरहेका थिए । केहीबेरपछि दाईले भाईलाई खोज्ने क्रममा जेनिश भने पोखरीमा डुबेको अवस्थामा फेला परेको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक शत्रुधनकुमार महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसलगत्तै ती बालकलाई स्थानीय अस्पतालमा पु¥याएकोमा चिकित्सकले गएराति मृत्त घोषणा गरेका हुन् । जेनिशलाई पोष्टमार्टमका लागि चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा ल्याइएको दोलखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।