images
images

सुनकोशीमा हाम फालेका व्यक्ति खाडिचौरका गोविन्द तामाङ भएको पुष्टि

  • १३ असार २०८१, बुधबार १६:१९

सिन्धुपाल्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका –८ कोसीपारी स्थित दोलालघाटबाट सुनकोसी नदीमा हामफालेका व्यक्तिको पहिचान खुलेको छ ।

नदीमा हामफल्ने व्यक्ति सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ खाँडिचौर घर भई हाल काठमाडौंको कपन डेरा गरी बस्ने अन्दाजी वर्ष ५० को गोविन्द तामाङको रहेको प्रहरीले जनाएको छ । सीसीटीभी फुटेजका आधारमा असार १२ गते मृतकका छोरा विजय तामाङले बुवाको पहिचान गरेका थिए । यही असार ५ गते अन्दाजी पौने ३ बजेको समयमा उनी सुनकोसी नदीको पक्की पुलबाट हामफालेर बेपत्ता भएका थिए ।
तत्कालीन अवस्थामा नामथर वतन नखुलेका उनको शव असार १० गते सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट तल्लोबजार स्थित सुनकोशी नदी किनारमा मृत अवस्थामा फेला परेको थियो ।