images
images

नेपालमा कोरोना संक्रमणदर बढ्दै, एकैदिन दुई जनाको मृत्यु

  • १० श्रावण २०७९, मंगलवार १५:५३

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ भने ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही समय संक्रमणका कारण ज्यान जाने क्रममा रोकिए पनि पछिल्लो केही दिनयता ज्यान गुमाउनेको संख्या थपिने क्रम बढिरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५९ पुगेको छ । यस्तै आज ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रिय कोरोना संक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय १८ जना कोरोना मुक्त भएका छन् ।