images
images

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

  • १० श्रावण २०८०, बुधबार १४:५६

नवलपरासी । नवलपरासीमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको बर्दघाट सुस्तापूर्वको बौदिकाली गाउँपालिका ६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जंगली च्याउ खाँदा मृत्यु भएको हो । गत शुक्रबार स्थानीय जंगलमा पाइने च्याउ पकाएर खाएपछि उनीहरु बिरामी परेका थिए । च्याउ खाएर बिरामी परेका लिला र उमाकुमारीको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।

उनीहरुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । यस्तै जंगली च्याउ खाएका मध्ये ललिता आले मगर, तारा आले, खगिरसार सिञ्जाली भने निको भएका छन् ।