रामेछाप । रामेछापको लिखु खोलामा पानीको बहाव बढेको छ ।
गएराति आएको लगातारको भारी वर्षाले लिखु खोलामा पानीको बहाव बढेको हो । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले रामेछापको लिखु खोलास्थित साँघुटार जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको जनाएको छ । जलसतहले सतर्कता पार गरेकाले आज बिहान १०ः ५० सम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
रामेछापस्थित लिखु खोला बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरुमा रहेकाहरुलाई आज बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।