काठमाडौं । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशका १३ वटै जिल्लामा एम्बुलेस सेवा विस्तार गरिने बताउनु भएको छ ।
आज आयोजित सम्मान तथा बधाई कार्यक्रम गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने बताउदै यस्तो बताउनु भएको हो । साथै उहाँले सिटामोलसमेत नपाएर ज्यानै जाने अवस्था गाउँगाउँमा अभाव नहुने बताउनु भएको छ । माडबारी सेवा समितिसँगको सहकार्यमा उपत्यकाभित्रका अस्पतालमा मृत्यु भएकाको शवलाई निशुल्क आर्यघाटसम्म पुर्याउने व्यवस्था गर्ने तयारी गरेको मन्त्री थापाको भनाइ छ । मन्त्री थापाले प्रदेशका सबै जिल्लाका सरकारी अस्पतालको अनुगमन गरेर थप सुधारको लागि प्रयास समेत गरिने बताउनु भयो ।