images
images

काभ्रेपलाञ्चोकका एक पुरुषको शंकास्पद मृत्यु

  • १० भाद्र २०७९, शुक्रबार ०९:०९

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका एक पुरुष मकैबारीभित्र मृत फेला परेका छन् ।

रोशी गाउँपालिका वडा नम्बर ७ का ५२ वर्षिय देवान थिङ घर नजिकै रहेको मकैबारीमा मृत फेला परेका हुन् । घरदेखि करिव १ सय ५० मिटर पर उनको शव फेला परेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । शंकास्पद रुपमा मृत फेला उनको हत्या भएको आशंका गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरिक्षक ढुण्डीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक पुरुषको शव अहिले घटनास्थलमै रहेको छ । मकैवारीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।