images
images

बागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता जित्ने खेलाडीलाई मासिक भत्ता दिने

  • १० भाद्र २०७९, शुक्रबार १६:५८

हेटौंँडा । बागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता जित्ने खेलाडीहरुलाई मासिक भत्ता दिने भएको छ ।

प्रदेश सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीहरुलाई मासिक भत्ता दिने निर्णय गरेको हो । प्रदेशले फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराँते, तेक्वान्दो, ब्याडमिन्टन र पौडी खेलमा पदक जित्ने खेलाडीहरुलाई मासिक भत्ता दिने भएको छ । अर्को राष्ट्रिय खेलकुद प्रतियोगीता नहुँदासम्मका लागि भत्ता दिने निर्णय भएको प्रदेशका सदस्य सचिव सुर्य भण्डारीले जानकारी दिनुभयो ।

प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्र्तगतको ३६ वटै खेल विधामा सहभागीता जनाउने भएको छ । यस्तै नवौं राष्ट्रिय खेलकुद २०७९ मा सहभागी हुने प्रदेशका खेलाडीहरुलाई ४५ दिने प्रशिक्षण राख्ने योजना बनाइएको छ । बागमती प्रदेशको तर्फबाट नवौं राष्ट्रिय खेलकुदमा फुल कोटामा ७ सय ९ जना खेलाडीहरु सहभागी हुनेछन् ।