images
images

दोलखामा मात्र मनाईने भैरवकुमारी जात्रा समापन

  • १० भाद्र २०८१, सोमबार १३:२१

दोलखा । दोलखामा मात्र देखाईने भैरवकुमारी जात्रा आजबाट सकिएको छ ।

आज बिहान साँढे ५ बजे भैरवकुमारीलाई बाजागाजा सहित कुमारी घरमा भित्र्याएपछि बुधवारबाट सुरु भएको यो वर्षको जात्रा सकिएको हो । धार्मिक एबम् पुरातात्विक महत्वको शहर दोलखा बजारमा गाईजात्राको भोलीपल्टबाट लगातार पाँच रात मन्दिर र स्थानीय टोलहरुमा देखाईने भैरवकुमारी जात्रा हिजो रातभर देखाईएको भीमेश्वर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

टसिचा टोलस्थित कुमारी घरबाट भैरव, कुमारीकी आमा, घोडचढी र जाल हान्नेसहित १३ जनाको समुह परम्परागत आभुषण र बाजागाजा सहित आकर्षक शैलीमा नाच्दै जात्रा देखाउने गरिन्छ । मनले चिताएको ईच्छा पुरा हुने विश्वासका साथ ईच्छुक नारीहरु जात्राको समयमा ब्रत बस्ने गर्दछन्। पाँच सय वर्ष पुरानो भैरवकुमारी जात्रामा मनोकांक्षा पुरा हुने विश्वासका साथ राजधानी काठमाडौँ लगायत आसपासका जिल्लाबाट समेत भक्तजनहरु दोलखा बजार आउने गर्दछन् ।