images
images

ओमानसँग कुटनीतिक सम्बन्ध स्थापनापछि पहिलो उच्चस्तरीय भ्रमण, विदेशमन्त्री काठमाडौँमा

  • १० भाद्र २०८१, सोमबार १७:५०

काठमाडौँ । ओमानका विदेशमन्त्री दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आउनुभएको छ ।

विदेशमन्त्री सईद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउनुभएको हो । परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका विदेशमन्त्री अल्बुसैदीले भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ ।

उहाँले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेटवार्ता गर्नुहुने भएको हो । भ्रमणका क्रममा परारष्ट्रमन्त्री राणा र विदेशमन्त्री हमादबीच दुई देशबीचको सम्बन्ध र अन्य विविध विषयमा द्धिपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई मुलुकबीचको कुटीनितक सम्बन्ध स्थापना भएपछि पहिलो पटक ओमानबाट उच्चस्तरीय भ्रमण भएको हो । ओमानका विदेशमन्त्री अल्बुसैदी भ्रमण सकेर भोली स्वदेश फर्किने कार्यक्रम छ ।