सिन्धुली । सिन्धुलीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– १ शिखरकी छलीमाया तामाङको चट्याङ लागेर मृत्यु भएको हो । हरिहरपुरगढी गाउँपालिका– ३ माडी खेतमा धान गोड्ने क्रममा आज साँझ चट्याङ लागेर उनको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चट्याङ लागेर अन्य दुई घाइते भएका छन् । घाइते हुनेमा हरिहरपुरगढी–१ शिखर बस्ने ४० वर्षीया लुकुमाया रुम्बा र उनकी छोरी १८ वर्षीया सुशिला रुम्वा रहेकी छिन् ।