images
images

सिन्धुपाल्चोकका पुरुषको करेन्ट लागेर मृत्यु

  • १० आश्विन २०७९, सोमबार ०८:५७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर ४ का ४० वर्षिय सन्च तमाङको करेन्ट लागेर मृत्यु भएको हो । गएराती आफ्नै घर विद्युत सर्ट भएर करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी शिव बुढाथोकीले जानकारी दिनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।