images
images

एकीकृत फ्रेण्डसीपको अध्यक्षमा खड्का, सचिवमा कार्की

  • १० आश्विन २०७९, सोमबार ११:२२

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित एकीकृत फ्रेण्डसीप बचत तथा ऋण सहकारी संस्था लिमिटिडेको सञ्चालक समितिको अध्यक्षमा पुनः भुमिराज खड्का निर्वाचित भएका छन् ।

फ्रेण्डसीपको आठौं वार्षिक साधारण सभामा संस्थाले खड्काको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । खड्काको नेतृत्वमा १६ सदस्यीय सञ्चालक समिति चयन भएको छ । अध्यक्ष पदमा निर्वाचित खड्का यसअघि पनि सोकोसको अध्यक्ष थिए । संस्थाको उपाध्यक्षमा केदारबहादुर जिरेल, सचिवमा केशव कार्की (माडे), सहसचिवमा जयन्ती प्रधान र कोषध्यक्षमा उद्धवकुमार कार्की निर्वाचित भएका छन् । सञ्चालक सहितिको सदस्यहरुमा नवराज खड्का, युवराज बस्नेत, सिताराम कार्की, धनराज लामिछाने, कविन्द्र लामा, हर्क बहादुर कार्की, देवबहादुर श्रेष्ठ, पुष्पा शेर्पा, टपिन्द्र खड्का, देवीका दाहाल, ठाकुर प्रसाद घिमिरे चयन भएका छन् ।

यस्तै, लेखासुपरिवेक्षण समितिमा केशव खड्काको संयोजकत्वमा ३ सदस्सीय समिति गठन भएको छ । सदस्यहरुमा दलबहादुर श्रेष्ठ र बिटु श्रेष्ठ चयन भएका छन् । आगामी चार वर्षका लागि एकीकृत फ्रेण्डसीप साकोसको सञ्चालक समिति र लेखा सपरिवेक्षण समितिमा नयाँ नेतृत्व चयन भएको हो ।