images
images

नेकपा माओवादी केन्द्र दोलखाको पेरिसडाँडामा चियापान

  • १० आश्विन २०७९, सोमबार १३:२५

काठमाडौँ । नेकपा माओवादी केन्द्र दोलखा काठमाण्डौँ सम्पर्क समन्वय समितिले दशैँ तिहार र छठ पर्वको अवसरमा काठमाण्डौँमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

नेकपा माओवादी केन्दको केन्द्रिय कार्यालय पेरिसडाँडामा दोलखा काठमाण्डौ सम्पर्क समन्वय समितिले आज चियापान कार्यक्रमको आयोजना गरेको हो । चियापानमा नेकपा माओवादी केन्द्र दोलखाका नेता, कार्यकर्ता तथा काठमाण्डौँमा रहेका दोलखालीहरु सहभागी भएका छन् । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गंगा कार्की बिश्वको प्रमुख आतिथ्यतामा भएको चियापान कार्यक्रममा सहभागीहरुलाई माओवादी केन्द्रका अर्का पोलिटव्युरो सदस्य मुक्तिनारायण प्रधान, नेताहरु शंकर लामा, हेमबहादुर श्रेष्ठ, नरबहादुर पाख्रिन, जिल्ला सयोजक कुल बहादुर बुढाथोकी लगायतका नेता तथा माओवादी केन्द्रका युवा नेता एबम् बागमती प्रदेशका वन तथा वातावरणमन्त्री बिशाल खड्काले खादा ओढाएर सम्मान गरेका छन् । चियापान समारोहमा एक दर्जनबढी दोलखाली बिभिन्न पार्टी परित्याग गरी माओावदी केन्द्रमा प्रवेश पनि गरेका छन् ।

माओवादी केन्द्रिय कार्यालयमा आयोजना गरिएको चियापान समारोहमा नेकपा एमालेका पोलिटव्युरो सदस्य एबम् नेपाल सरकारका पूर्ब सञ्चार तथा सूचना प्रबिधिमन्त्री पार्वत गुरुङ र नेपाली कांग्रेश दोलखाका सभापति बर्मा लामाको पनि उपस्थिती थियो । विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गरिएको र उत्साहजनक सहभागिता भएको माओवादी केन्द्र दोलखा काठमाण्डौँ सम्पर्क समन्वय समितिका अध्यक्ष मिन घिमिरेले जानकारी दिनुभयो ।