काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज संघीय राजधानी काठमाडौँमा खवरदारी सभा आयोजना गर्दैछ ।
सरकारको सय दिन पूर्णत असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा खवरदारी सभा गर्न लागेको हो । बागमती प्रदेश उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा हुने प्रदर्शन सहित खवरदारी सभाको तयारी पुरा भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
काठमाडौँ मलबाट आज बिहान ११ बजे सुुरु हुने सभामा बाजा, झाँकी सहित ब्यानरको नेतृत्व पार्टी अध्यक्ष पुुष्पकमल दहाल प्रचण्ड सहित पदाधिकारीले गर्नेछन् । रत्नपार्क, बागबजार प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा पुुगेर कोणसभामा परिणत हुने नेताहरुले बताएका छन् ।
सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आँकलन गरिएको छ । केपी ओली नेतृत्वको गठबन्धन सरकार पश्चगामी भएको भन्दै माओवादीले देशभर आन्दोलन चर्काउने तयारी गरेको छ ।