images
images

बागमती प्रदेशमा विपद्बाट तीन महिनामा ३ अर्बभन्दा बढीको क्षति

  • १० कार्तिक २०८१, शनिबार ११:०२

हेटौडां । बागमती प्रदेशमा तीन महिनाको अवधिमा ३ अर्बभन्दा बढीको क्षति भएको छ ।

प्रदेशको १० जिल्लामा बाढी, पहिरो, डुबान आगलागी जस्ता विपदबाट ३ अर्ब ४४ करोडको क्षति भएको हो । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको काठमाडौं उपत्यका बाहेक १० जिल्लामा १ सय ९१ जनाको मृत्यु भएको छ । गत असोजको दोस्रो सात आएको बाढी पहिरोका कारण एक सय ७७ जनाको मृत्यु भएको बागमती प्रहरी कार्यालय मवानपुरले जनाएको छ ।

यस्तै, प्रदेशमा करेन्ट लागेर ८, चट्याङ लागेर ४ र आगलागी तथा जनावरको आक्रमणबाट १/१ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कर्यालय मकवापुर हेटौंडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

विपद्धको घटनामा परि एक सय ७३ जना घाइते र ११ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । घाइतेको उपचार भईरहेको र बेपत्ताको खोजिकार्य प्रहरीले जनाएको छ ।