हेटौँडा । बागमती प्रदेशमा असोज दोस्रो साता आएको अविरल वर्षाका कारण १ अर्व ४५ करोड भन्दा बढिको कृषी बालिमा क्षति भएको छ ।
असोज दोस्रो साता लगातारको वर्षासँगै आएको बाढी पहिरो र डुवानका कारण बागमती प्रदेशका १३ जिल्लामा अनुमानित १ अर्ब ४५ करोड ७८ लाख ३५ हजार मुल्य बराबरको कृषी बालीमा क्षति भएको हो । मनसुनजन्य विपदले प्रदेशको ६ हजार ८७७.३ हेक्टर जमिनको कृषी बालीमा क्षति पुगेको प्रदेशको कृषी तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयको अनुमानित तथ्यांक अनुसार काभ्रेपलाञ्चोकमा मात्रै ४७ करोड ६ लाख ९१ हजार बराबरको कृषी बालिमा क्षति पुगेको छ । काभ्रेको १३ स्थानीय तहको १ हजार २३६ हेक्टर क्षेत्रफलमा लगाईएको कृषी बालिमा क्षति भएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखाले जनाएको छ ।
यस्तै, सिन्धुलीको कुल ८७६ हेक्टर क्षेत्रफलमा लगाईएको ९ करोड ८८ लाख ३८ हजार मुल्य बराबरको कृषी बालिमा क्षति पुगेको अनुमान गरिएको छ । मन्त्रालयको तथ्यांक अनुसार रामेछापमा २ करोड ३६ लाख ३२ हजार र दोलखामा ७ लाख १२ हजार मुल्य बराबरको कृषी बालि क्षति भएको प्रारम्भिक अनुमान छ ।
स्थानीय तहहरुबाट अझै क्षतिको लगत संकलन कार्य जारी रहेको मन्त्रालयका अनुगमन महाशाखा प्रमुख सुजन कँडेलले जानकारी दिनुभयो ।