images
images

काभ्रेपलाञ्चोक १ बाट माओवादीका तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित

  • १० मंसिर २०७९, शनिबार ०६:१४

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान तमाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगको मतपरिणाम अनुसार तमाङ ३४ हजार ५ सय १२ मतसहित निर्वाचित भएका हुन् । त्यसैगरी उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रेशमबहादुर लामाले ३० हजार ५ सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठ ८ हजार ६ सय ९७ मत प्राप्त गरी तेस्रो भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्णबहादुर विश्वकर्माले १ हजार ८ सय ५३ मत प्राप्त गरेका छन् । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी १७ उम्मेदवार रहेका थिए ।