images
images

बागमती प्रदेशको ७ सिटमा माओवादी उम्मेदवार निर्वाचित

  • १० मंसिर २०७९, शनिबार ११:२०

हेटौंडा । बागमती प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बन्ने देखिएको छ ।

प्रत्यक्षतर्फ प्रदेशसभाको जारी मतगणनाअनुसार बागमती प्रदेशमा ४५ सिटको नतिजा सावर्जनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १८ सिट जितेको छ । यस्तै नेकपा एमाले ९, माओवादी केन्द्र ७, राप्रपा ५, नेकपा एकीकृत समाजवादी पार्टी ४, नेमकिपा १, हाम्रो नेपाली पार्टीले १ सिटमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । बागमती प्रदेशमा प्रत्यक्षतर्फ कुल ६६ सिट रहेको छ । दोलखाका दुई क्षेत्रबाहेक बागमतीका नतिजा बाँकी रहेका प्रदेश निर्वाचन क्षेत्रमा मतगणना जारी छ । आयोगका अनुसार मतगणना भइरहेका स्थानमा कांग्रेस ६, एमाले ४, माओवादी ६, राप्रपा २ र एकीकृत समाजवादी १ सिटमा अगाडी छन् । बागमती प्रदेशमा समानुपातिकतर्फ भने झिनो मतान्तरले एमाले अगाडी देखिएको छ ।