images
images

रास्वपालाई उछिन्दै समानुपातिकतर्फ माओवादी केन्द्र तेस्रो स्थानमा

  • १० मंसिर २०७९, शनिबार १३:२४

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।

मतगणनाको प्रारम्भदेखि नै तेस्रो स्थानमा रहँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिन्दै माओवादी तेस्रो स्थानमा उक्लिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी अहिले समानुपातिकतर्फ चौँथो स्थानमा पुगेको छ । मतगणनाको पछिल्लो विवरण अनुसार नेकपा एमाले १८ लाख ९६ हजार ७ सय ३१ मतसहित शीर्ष स्थानमा रहँदा नेपाली कांग्रेस १८ लाख २९ हजार ७ सय ९१ मतसहित दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ८ लाख १ हजार ५ सय २४ मत पाएको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९९ हजार ३ सय २० मत पाएको छ । पाँचौ स्थानमा रहेको राप्रपाले ४ लाख १० हजार ६ सय ८० मत पाएको छ ।