
सिन्धुली । सिन्धुली १ प्रदेशसभा ख मा नेपाली कांग्रेसका रामकुमार पहाडी निर्वाचित भएका छन् ।
पहाडी १५ हजार ६ सय २१ मतसहित निर्वाचन भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कुमार बहादुर कार्कीले १३ हजार ३ सय ९९ मत पाएका छन् भने राप्रपाका राजेश मगरले ४ सय ८० मत प्राप्त गरेका छन् ।