images
images

दोलखाका एक सहित सम्पर्क विहिन २६ जना प्रहरीलाई कारवाही गर्ने तयारी

  • १० मंसिर २०८०, आईतवार ०७:४२

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा नरहेका दोलखाका एक सहित २६ जना प्रहरीलाई एक साताभित्र सम्पर्क गर्न अल्टिमेटम दिएको छ ।

कार्यालयले आज सुचना जारी गर्दै हाजिर हुन नआएका २६ जना प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन एकसाताको अल्टिमेटम दिएको हो । दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरेका प्रविन श्रेष्ठ सहित २६ जनालाई एकसाताभित्र आफु गैरहाजिर रहनुको कारण सहित उपस्थित हुन भनिएको छ । कारण सहित उपस्थित नभएमा उनीहरुलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ ।

प्रहरी नियमावली २०७१ को नियम ११५ को २ बमोजिम प्रक्रिया पुरा गरी सूचना टाँस भइसक्दा पनि उनीहरु कार्यालयको सम्पर्कमा नआएको सूचनामा उल्लेख गरिएको छ ।