images
images

सामाजिक सुरक्षा कोषमा सूचिकृत श्रमिकका परिवारले पनि स्वास्थ्य उपचार सुविधा पाउने

काठमाडौँ । सामाजिक सुरक्षा कोषले श्रमिकका परिवारको पनि उपचार खर्च व्यहोर्ने भएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान–श्रीमती र १८ वर्ष मुनिका छोराछोरीहरुले पनि स्वास्थ्य उपचार सेवा पाउने भएका हुन् । यसअघि वैदेशिक क्षेत्रका श्रमिकले मात्रै औषधी उपचार पाउने गरेकोमा अब उनीहरुका परिवार (श्रीमान/श्रीमती र १८ वर्ष नकाटेका छोराछोरीहरु) का लागि समेत उपचार सेवा थप गरिएको हो ।

सामाजिक सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले यस्तो जानकारी गराउनुभएको हो । उहाँका अनुसार हालसम्म औपचारिक क्षेत्रमा १९ हजार ७ सय ६७ रोजगारदाता र पाँच लाख ४३ हजार तीन सय ८८ श्रमिक आवद्ध रहेका छन् ।

कोषले श्रमिक विरामी परेमा, दुर्घटना, अशक्त, ज्येष्ठ नागरिक र मृत्युदावि वापत सहयोग रकम उपलव्ध गराउँदै आएको छ । जसअनुसार हालसम्म ११ अर्ब ६२ करोड रुपैयाँ कोषका योगदानकर्ता र निजका परिवारलाई भुक्तानी गरिसकेको कोषले जनाएको छ ।