images
images

निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

  • १० मंसिर २०८२, बुधबार ११:०९

काठममडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गरिनुपर्ने समय आज सकिँदै छ।

निर्वाचनमा भाग लिन चाहने राजनीतिक पार्टीले आज कार्यालय समयभित्र दल दर्ता गराईसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयागले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन यही मंसिर १ गतेदेखि आजसम्मको समय दिएको थियो । आयोगका अनुसार हिजोसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत ८० वटा दलले दल दर्ता गराएका छन् ।

आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता दलहरुबारे मंसिर ११ देखि १८ गतेसम्म छानबिन र रुजु गरी मंसिर २० गते स्वीकृत नामावली प्रकाशन गर्नेछ ।