images
images

दोलखा कांग्रेसको बैठकः अन्तरघात गर्नेको लिस्ट तयार पार्ने जिम्मेवारी सभापति लामालाई

  • ११ पुष २०७९, सोमबार १४:२०

दोलखा । नेपाली कांग्रेस दोलखाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्र्तघात गर्नेको विवरण तयार पार्ने जिम्मेवारी पार्टी सभापति बर्मा लामालाई दिएको छ ।

सदरमुकाम चरिकोटस्थित सिमपानी हलमा आईतबार बसेको कांग्रेसको बृहत संयुक्त समिक्षा बैठकले निर्वाचनमा अन्र्तघात गर्ने पार्टीका नेताकार्यकर्ताको लिष्ट तयार पार्ने जिम्मेवारी पार्टी सभापतिलाई दिने निर्णय गरेको हो । कांग्रेसको केन्द्रिय अनुशासन समितिले निर्वाचनमा अन्र्तघात गर्नेको विवरण संकलन गरी पुस १५ गतेभित्र कारवाहीका लागि सिफारिस गर्न भनेको छ । सोही अनुसार कांग्रेस दोलखाले पार्टी सभापति लामालाई जिम्मेवारी सुम्पिएको हो । बैठकमा पालिकास्तरका नेताहरुले रिर्पोटिङ गरेको र पार्टीभित्रैबाट भएको अन्र्तघातका विषयमा घनिभुत छलफल भएको कांग्रेस दोलखाले जनाएको छ ।

बैठकले गरेको निर्णय अनुसार निर्वाचनमा घात–अन्र्तघात गर्ने नेताकार्यकर्ताको विवरण तयार गर्ने काम सुरु गरिएको र तोकिएको समयभित्र कारवाहीका लागि केन्द्रमा सिफारिस गरिने लामाले जानकारी दिनुभयो । उहाँका अनुसार केही नेता कार्यकर्ताको विवरण प्राप्त भइसकेको छ भने ति विवरणमाथि छानविन भइरहेको छ । लामाले पार्टीभित्रैबाट अन्र्तघात गरेर आफुलाई निर्वाचनमा हराएको भन्दै सार्वजनिक रुपमै प्रतिक्रिया दिदै आएका छन् । नेपाली कांग्रेस दोलखाले ठूलो संख्यामा नेता कार्यकतालाई कारवाहीका लागि उपल्लो कमिटीमा सिफारिस गर्न सक्ने आँकलन गरिएको छ । निर्वाचनपछि रुष्ट रहेका सभापति लामाले ठूलो संख्यामा नेताकार्यकर्तालाई कारवाहीका लागि शिफारिस गर्नसक्ने आँकलन गरिएको छ । चुनावी गठबन्धन गर्दा पनि प्रदेशसभा २ मा पार्टी सभापति लामा पराजित हुनुमा पार्टी भित्रकै अन्र्तघात मुख्यकारण रहेको चर्चा हुँदै आएको थियो । बैठकमा जिल्लाका शिर्ष तहदेखि वडास्तरसम्मका नेताकार्यकर्ताहरु सहभागी भएका थिए ।