images
images

दोलखाको जनसंख्या घट्यो, पुरुष भन्दा महिलाको संख्या बढी

  • १३ माघ २०७८, बिहीबार ०२:३६

दोलखा । दोलखाको जनसंख्या १ लाख ७२ हजार ७ सय २६ पुगेको छ ।

केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार जिल्लाको जनसंख्या पछिल्लो १० वर्षको अवधिमा १३ हजार ८ सय ३१ ले घटेको हो । २०६८ सालको तथ्यांक अनुसार दोलखाको कुल जनसंख्या १ लाख ८६ हजार ५ सय ५७ थियो । सो संख्या १० वर्षमा घटेर भएर १ लाख ७२ हजार ७ सय २६ पुगेको हो । जसमा महिलाको संख्या ८८ हजार १ सय १४ रहेको छ भने पुरुषको संख्या ८४ हजार १ सय १२ रहेको छ । दोलखामा पनि पुरुषको तुलनामा महिलाको जनसंख्या ४ हजार ५ सय २ जनाले बढी देखिएको छ । केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार दोलखामा ४७ हजार ८ सय ७० घरधुरीमा कुल ५० हजार ६ सय ७६ परिवार संख्या बसोबास गरीरहेको पाइएको छ । जिल्लामा जनसंख्या बृद्धिदर वार्षिक माइनस शुन्य दशमलव ७४ प्रतिशत रहेको तथ्यांकले देखाएको हो ।

दोलखाको भीमेश्वर नगरपालिका सवैभन्दा बढी ३५ हजार १ सय २२ जना बसोबास गरीरहेको पाइएको छ भने जिरी नगरपालिकामा सवैभन्दा कम १५ हजार ५ सय जनसंख्या बसोवास गरिरहेका छन् । यस्तै वैतेश्वर गाउँपालिकामा १७ हजार ९ सय ४७ जना, विगु गाउँपालिकामा १६ हजार २ सय ९९, गौरीशंकर गाउँपालिकामा १५ हजार ९ सय ८२, कालिञ्चोक गाउँपालिकामा २१ हजार २ सय १० जना बसोबास गरिरहेका छन् । यसैगरी मेलुङ गाउँपालिकामा १६ हजार ५१ जना, शैलुङ गाउँपालिकामा १८ हजार ३ सय २८ जना र तामाकोशी गाउँपालिकामा १५ हजार २ सय २७ जना जनसंख्या रहेको तथ्यांक सार्वजनिक भएको हो ।