images
images

दुधकोशी जलविद्युत आयोजनामा दुर्घटना, एक मजदुर बेपत्ता

  • १३ माघ २०७८, बिहीबार ०७:५४

सोलुखुम्बु । सोलुखुम्बुमा निर्माणाधिन दुधकोशी जलविद्युत आयोजनामा दुर्घटना हुदाँ एक मजदुर बेपत्ता भएका छन् भने एक जना घाईते भएका छन् ।

८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी जलविद्युत आयोजनाको सुरुङभित्र दुर्घटना हुदाँ बाराको कोलभी नगरपालिका वडा नम्बर १ का २४ वर्षिय राकेश चौधरी बेपत्ता भएका हुन् । आज बिहान आयोजना निर्माणास्थल पञ्चनस्थित सुरुङ मार्गभित्र स्काभेटरले बिछ्याउने पाइप लैजाने क्रममा स्काभेटर नै भाच्चिएर दुर्घटना भएको हो । सुरुङभित्र पानी बगाउने पाइप स्काभेटरको बकेटमा लिएर जाँदा स्काभेटर नै भाँचिएको र बकेटमा रहेका मजदुर समेत सुरुङभित्र खसेका थिए । दुर्घटनामा परी पर्साको पटेरवा गाउँपालिका वडा नम्बर ४ का २० वर्षिय आंगत राय थारु घाइते भएका छन् । उनलाई उपचारको लागि ओखलढुंगास्थित मिसन अस्पताल पठाइएको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक डिएसपी कवित कटुवालले जानकारी दिनुभयो ।

यसअघि, गत महिना पनि दुधकोशी आयोजनामा पानी परीक्षका क्रममा २ जना इन्जिनियरको मृत्यु भएको थियो ।