images
images

रामेछापका पुरुष काठमाडौंमा मृत फेला

  • १३ माघ २०७८, बिहीबार ०९:३०

काठमाडौं । रामेछापका एक पुरुष काठमाडौंको किर्तिपुरमा मृत फेला परेका छन् ।

रामेछापका ३६ वर्षिय शंकर खत्री काठमाडौंको किर्तिपुरमा मृत फेला परेका हुन् । गएराती खाना खाएर सुतेका खत्री बिहान अवेरसम्म पनि ढोका नखोलेपछि स्थानिय र प्रहरीले ढोका फुटाएर हेर्दा मृत अवस्थामा फेला परेको किर्तिपुरका प्रहरी नायव उपरीक्षक डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो । खत्रीको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।