images
images

कालिञ्चोक केबलकारले १२ करोडको शेयर निष्कासन गर्ने

दोलखा । दोलखाको कालिञ्चोकमा रहेको कालिञ्चोक केबलकार दर्शन प्रालिले १२ करोडको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणलाई १२ लाख कित्ता शेयर विक्रि गर्ने भएको हो । कालिञ्चोक केबलकार दर्शन प्रालिका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले शेयर निष्कासन गर्न आज सम्झौतमा हस्ताक्षर गरेका हुन् । आज भएको सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले सर्वसाधरणलाई १२ लाख कित्ता सेयर विक्रि गर्ने भएको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड २० लाख बराबरको शेयर आयोजना प्रभावितलाई विक्रि गर्ने गरी प्रारम्भीक सम्झौता भएको प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले जानकारी दिनुभयो । १२ लाख कित्ता सेयर बिक्रि गर्न कम्पनीले नबिल इन्भेस्टमेन्टलाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले स्थानीयवासीलाई आयोजनाको स्वामित्व दिने लक्ष्यसहित आइपीओ विक्रि गर्न लागेको हो ।