images
images

प्रधानमन्त्रीको निर्देशन दोलखामा लागू भएन, सेवाग्राहीलाई सेवा लिन अझै कठिन

  • १३ माघ २०७९, शुक्रबार ०८:०१

दोलखा । दोलखामा राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट लिनेको भीड अझै व्यवस्थापन हुन सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सरकारी कामकारवाहीलाई छिटो, छरितो र चुस्त बनाउन निर्देशन दिएपनि जिल्ला प्रशासन कार्यालय दोलखामा यो निर्देशन पालना नभएको हो । प्रधानमन्त्रीको निर्देशनलाई समेत वेवास्ता गरिएपछि प्रशासन कार्यालयमा अझै पनि सर्वसाधरण नागरिक राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट लिनका लागि विहान ८ बजेदेखि लाइनमा बस्नुपर्ने बाध्यता हटेको छैन ।

विहान सवेरैदेखि प्रशासनमा पुगेका सर्वसाधरण नागरिक टोकन लिएर पनि सोही दिन काम नहुँदा २/३ दिन प्रशासन कार्यालयमा धाउन बाध्य छन् । राष्ट्रिय परिचयपत्र र इ–पासपोर्टका लागि दैनिक ५० देखि ६० वटासम्म टोकन वितरण हुने गरेको छ । टोकन लिएका सर्वसाधरण नागरिक दिनभर प्रशासन कार्यालय कुरेर बस्नु पर्ने र काम नबनेपछि रित्तो हात फर्कर्नु पर्ने बाध्यता छ । दोलखाका नागरिकले यो समस्या लामो समयदेखि झेलिरहेका छन् । तर अहिलेसम्म यसलाई व्यवस्थित गर्न सम्बन्धीत निकायले खासै चासो देखाएको छैन । दोलखामा २०७७ साल असार १७ गतेबाट राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन सुरु भएको थियो । त्यतिबेला देखि सर्बसाधरण नागरिकले सास्ती व्यहोरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सरकारी कामकारवाहीलाई छिटो, छरितो र चुस्त बनाउन निर्देशन दिएपनि जिल्ला प्रशासन कार्यालय दोलखामा यो निर्देशन पालना नभएको हो । राष्ट्रिय परिचयपत्र र इ–पासपोर्टका लागि दैनिक ५० देखि ६० वटासम्म टोकन वितरण हुने गरेको छ । तर यही वेला दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको सरुवा भएको छ । अब आउने सिडिओले जिल्ला प्रशासन कार्यालयलाई चुस्त बनाएर लामो समयदेखिको भीड व्यवस्थापन गर्लान ? वा नगर्लान् ? हेर्न बाँकी छ ।

दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक कोइरालाले अनलाइनबाट डेट लिएका सर्वसाधरण नागरिकको काम तोकिएकै दिनमा गर्ने भनिए पनि सिस्टममा पटक–पटक समस्या आउने र एउटा मात्रै स्टेशन सञ्चालनमा रहँदा समस्या भएको बताउनुभयो । यो समस्या समाधानका लागि राहदानी विभागमा जानकारी गराएपनि कुनै सुनुवाई नभएको सहायक प्रजिअ कोइरालाले बताउनुभयो । प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट लिनेको भीड नियन्त्रणका लागी टाइमकार्ड लागु गर्ने तयारी गरिएको छ ।

कहिलेबाट टाइमकार्ड लागु गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । तर यही वेला दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको सरुवा भएको छ । जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा गृहमन्त्रालयबाट उपसचिव शेखर पौडेल आउने भएका छन् । अब आउने सिडिओले जिल्ला प्रशासन कार्यालयलाई चुस्त बनाएर लामो समयदेखिको भीड व्यवस्थापन गर्लान ? वा नगर्लान् ? हेर्न बाँकी छ ।