images
images

समुदायमा कांग्रेस अभियानमा केन्द्रीय प्रतिनिधि खटिए, बागमती प्रदेशको कुन जिल्लामा को ?

  • १३ माघ २०८०, शनिबार १५:१७

काठमाडौं । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

कांग्रेसले दोलखा सहित ६७ जिल्लामा प्रतिनिधि खटाएको हो । पदाधिकारीहरु भने केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका छैनन् । जिल्लामा खटिएकाहरुले १५ गतेसम्म पार्टीको आन्तरिक काम गर्नेछन् । १६ गते देशभरका वडाहरुका कार्यक्रम गरेर कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गर्नेछ । त्यसपछि २६ गतेसम्म अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरु हुनेछन् । माघ २६ मा कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवसमा यो अभियान समाप्त हुने कांग्रेस नेताहरुले बताएका छन् ।

चिसो मौसममा अभियान सञ्चालन गर्न कठिन हुने भएकोले १० वटा हिमाली जिल्लाहरु सोलुखुम्बु, खोटाङ, मनाङ, मुस्ताङ, डोल्पा,जुम्ला, मुगु, हुम्ला, कालीकोट र दैलेख जिल्लामा केन्द्रीय प्रतिनिधि नखटाएको कांग्रेसले जनाएको छ ।