images
images

अपाङगता भएका व्यक्तिलाई निशुल्क शिक्षा दिन उच्च अदालत पाटनको आदेश

  • १४ माघ २०८१, सोमबार १६:४४

काठमाडौँ । उच्च अदालत पाटनले सार्वजनिक शैक्षिक संस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क उच्च शिक्षा उपलब्ध गराउन आदेश दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत एक विद्यालयले निःशुल्क पढाउन अस्वीकार गरेपछि उच्च अदालतले यस्तो आदेश जारी गरेको हो । जनप्रशासन क्याम्पसले निःशुल्क पढाउन अस्वीकार गरेपछि दृष्टिसम्बन्धी अपाङ्गता भएका मदन रोकायाले रिट दायर गरेका थिए । सोही रिटमा सुनुवाइ गर्दै उच्च अदालतले यस्तो फैसला सुनाएको हो।