
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा ७ सय ९२ जना छात्राहरुलाई एचपिभी ( ह्युमन प्यापीलोमा भाईसर) विरुद्धको खोप लगाइने भएको छ ।
गोकुलगंगा गाउँपालिकाले पालिकाभरका विभिन्न विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत ७ सय ८८ छात्रालाई र विद्यालय बाहिरका ४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापीलोमा भाईसर विरुद्धको खोप लगाउने भएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागिर रायका अनुसार यही माघ २२, २३ र २४ गते १६ वटा विद्यालयको खोप केन्द्रमा खोप अभियान सञ्चालन हुँदैछ ।
खोप अभियान सञ्चालनको लागि आज पालिकास्तरीय खोप समन्वय समितिको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी खोप लगाउने तयारीमा जुटेको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।