काठमाडौंँ । नेकपा माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेशन एमसीसीलाई पारित गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सो निर्णय गरेको हो । आज प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षामान पुनले जानकारी दिनुभयो । सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित बुँदामा व्याख्यात्मक विश्लेषण हुने भएको छ । सो बुँदा माओवादीले पनि अनुमोदन गरेसँगै अब गठनब्नधमा एमसीसी बारेको विवाद मिलेको स्रोतले दावी गरेको छ ।
यसैबीच, व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने गठबन्धनको तयारी नेकपा माओवादी केन्द्रका चार नेताले असहमति जनाएका छन् । बैठकमा नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका हुन् ।