images
images

सत्ता गठबन्धनः व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने

  • १५ फाल्गुन २०७८, आईतवार ११:४१

व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सत्ता गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद बैठकबाट एमसीसी आजै अनुमोदन गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । एमसीसी प्रतिनिधिसभाबाट आज पास गर्ने सहमति भएको छ । बैठकले एमसीसीलाई इण्डोप्यासिफिक रणनीति अन्तर्गत नभई आर्थिक सहयोगका रुपमा व्याख्या गर्दै पहिलो चरणको संसद बैठकमा एमसीसी सम्झौतासहित व्याख्यात्मक घोषणा प्रस्ताव पेश हुने र त्यसपछि दोस्रो पटक बैठक राखेर अनुमोदन गर्ने निर्णय भएको छ ।