images
images

पल शाह आफै पुगे प्रहरीकोमा 

  • १५ फाल्गुन २०७८, आईतवार १२:३२

काठमाण्डौ । अभिनेता पल शाह आफै प्रहरीकोमा पुगेका छन् ।

उनी आज आफै जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ । एक घण्टा अघि मात्रै शाहले अस्वस्थ भएको र ‘म यस्ता गित गाउँछु २’ फिल्म शुक्रवारदेखि प्रदर्शनमा आएकाले फिल्मलाई असर नपरोस भनी प्रहरीसामु उपथित हुन नसकेको र आजै प्रहरीकोमा उपस्थित हुने बताएका थिए । त्यसलगत्तै उनी प्रहरीकोमा पुगेका हुन् । एक नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए ।

एउटा म्युजिक भिडियोको सुटिङको शिलसिलामा तनुहँ गएका बेला शाहले फकाएर ती गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेको छ । शाहविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेय सजाय हुनेछ ।